५ मंसिर, इलाम
इलाममा मतगणना सुरु भएको छ । इलाम क्षेत्र नं. २ को इलाम सदरमुकामस्थित गौतम बुद्ध सभा गृहमा मतगणना सुरु भएको हो । क्षेत्र नं. २ को ‘ख’ बाट मतगणना थालिएको छ ।
जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फुयालका अनुसार इलाम २ मा १ लाख ९ हजार ५३५ मतदाता रहेकोमा ५९ हजार १३६ मत खसेको थियो ।



