काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै, एमालेका भट्टराई ४ सय ४४ मतले पछाडि

images
  • 124
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै, एमालेका भट्टराई ४ सय ४४ मतले पछाडि
    images

    काठमाण्डौ 

    काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ । ४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत पाउनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४ सय ४४ मतसहित अगाडि हुनुहुन्छ ।

     

    राजन भट्टराईले अहिलेसम्म १५ सय ८१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठले १९८ मत पाउनुभएको छ भने हाम्रो नेपाली पार्टीका अर्चन शमशेर राणाले ८१ मत पाउनुभएको छ ।

    यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend