रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने

images
  • 103
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    रामेछापमा साँझ ५ बजेपछि मात्रै मतगणना हुने
    images

    ५ मंसिर, रामेछाप 

    आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सोमबार साझँदेखि गर्ने तयारी भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार अहिले सर्बदलीय बैठक बस्ने तयारी भइरहेको बताए ।

    बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु हुने उनले बताए । निर्वाचनमा खटिएका सबै कर्मचारीहरु केही दिनदेखि सुत्न नपाएको कारण उनिहरु थकित रहेको र केही समय आराम गराएर मतगणना सुरु गर्न लागिएको उनले जानकारी दिए । १ लाख ८० हजार मतदाता रहेको जिल्लामा आइतबार सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend