देउवा दोब्बर मतले अगाडि, सागर ढकाल धेरै पछि

images
  • 139
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    देउवा दोब्बर मतले अगाडि, सागर ढकाल धेरै पछि
    images

    काठमाडौं

    डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन ।

     

    अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् ।

     

    उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

     

    यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने छ सय ५६ मत बदर भएका छन् ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend