सप्तरी–२ : सिके राउत उपेन्द्र यादवभन्दा झण्डै तेब्बर मतले अगाडि

images
  • 152
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    सप्तरी–२ : सिके राउत उपेन्द्र यादवभन्दा झण्डै तेब्बर मतले अगाडि
    images

    सप्तरी

    सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन ।

     

    पछिल्लो मतपरिणामअनुसार जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

     

    मतगणनामा उम्मेदवार राउतले १३ हजार सात सय ५९ मत प्राप्त गर्दा यादवले भने ६ हजार नौ सय ५१ मत प्राप्त गरेका छन । राउतको छ हजार आठ सय आठ मत बढी छ ।

     

    तेस्रो स्थानमा रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने दुई हजार आठ सय ५७ मत प्राप्त गरेका  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend