रवीन्द्र मिश्रले गरे ‘काठमाडौं-१ सरोकार कोष’को घोषणा

images
  • 141
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    रवीन्द्र मिश्रले गरे ‘काठमाडौं-१ सरोकार कोष’को घोषणा
    images
    ६ मंसिर, काठमाडौं 
    काठमाडौं-१ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं १ सरोकार कोष स्थापनाको घोषणा गरेका छन् । उनले आफ्ना पछिल्ला २ पुस्तकबाट प्राप्त हुने लेखकश्व मा थप रकम जोडेर २५ लाख रुपैयाँबाट कोष स्थापनाको घोषणा गरेका हुन् ।

    मंगलबार विहान सार्वजनिक मत परिणाम अनुसार उनी १२५ मतान्तरले यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका छन् ।

    उनले आफूलाई मत दिने मतदाताप्रति धन्यवाद दिँदै काठमाडौं-१ मा पर्ने काठमाडौं महानगरपालिकाको वडा नं १०, ११, २९ र ३१ मा यो कोषले सामाजिक काम गर्ने बताएका छन् ।

    ‘विश्वका विभिन्न मुलुकमा बस्नुहुने काठमाडौँ क्षेत्र नं १ का तथा अन्य शुभेच्छुकहरूले सो कोषमा सहयोग गर्न सक्नुहुनेछ। सो कोषलाई कसरी ‍औपचारिक बनाउने, कसरी सञ्चालन गर्ने र  के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे म केही समयभित्र जानकारी गराउनेछु’ उनले फेसबुकमा भनेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend