डुम्रे, मंसिर ६
तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राख्नुभएको छ । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उहाँले अग्रता कायम राख्नुभएको हो ।
तनहुँ–१ को प्रदेशसभा (१) मा कांग्रेसका अशोककुमार श्रेष्ठले सुरुआती चरणबाटै अग्रता कायम राख्नुभएको छ । चार हजार ६ सय मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले एक हजार नौ सय २४ मत प्राप्त गर्नुभएको छ भने एमालेका रामबहादुर गुरुङले एक हजार दुई सय ३८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा ३६ हजार तीन सय ६५ मत खसेको छ ।
प्रदेशसभा (२)मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले दुई हजार ४० मत पाउनुभएको छ भने एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५० मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राख्नुभएको छ । रासस



