सप्तरी, मंसिर ६
सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाउनुभएको छ ।
हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ । अब ३९ हजार एक सय २१ मत गन्न बाँकी छ । रासस



