काठमाडौँ–३ प्रदेश–१ मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

images
  • 153
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाडौँ–३ प्रदेश–१ मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी
    images

    काठमाडौँ

    काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन ।लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गरेका निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन्।

     

    उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाएका छन । कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका काठमाडौँ महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार नौ सय ३३ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले दुई हजार दुई सय ७६ मत पाए ।

     

    निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend