चितवन, वैशाख १५-
चुनाबको मुखैमा राप्तिका काङ्ग्रेस कार्यकर्ताहरु असन्तुष्ट देखिएका छ्न । बैशाख ३० गते हुन गइरहेको स्थानिय निकायको चुनाबमा सहि ढङ्गले टिकट बितरण गर्न नसकेको भन्दै काङ्ग्रेसमा असन्तुष्टि देखिएको हो । जनमतको कदरै नगरी टिकट बितरण गरिएको र सहि उमेदवारलाई भन्दा पनि आफ्नाहरुलाइ टिकट बितरण गरिएको कार्यकर्ताहरुको आरोप छ । त्यस्तै पार्टीमा प्रभाबकारी छलफल गराउन नसकेको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर–१ का सभापति किरणभूषण सिंह ओली प्रतिपनी स्थानिय कार्यकर्ताहरु रुष्ट छन ।
गठबन्धनमा आबद्द दलहरुलाइ वडा बाँडफाँट गर्दा जनमत विश्लेषण नगरी भागबन्डा गरिएको उनिहरुको आरोप छ । टिकट बितरण पुर्बनै नगर प्रमुखको पद प्रदेश समिति सदस्य रामेश्वरसिंह ओलीलाई दिने काङ्ग्रेसको आधिकारिक निर्णय थियो । वडा, नगर तथा जिल्ला समितिबाट नगरप्रमुख पदका लागि उनैलाइ सिफारिस गरिएको थियो । तर नगर प्रमुखको पद गठबन्धनको एक घटक एकीकृत समाजबादिको भागमा परेपछी ओलि टिकट बिहिन हुन पुगे ।
मेयर काङ्ग्रेसलाई नपरे पछि उप मेयरको टिकट काङ्ग्रेसकै नगर सभापति देबेन्द्र लामालाइ दिइएपछी ओलि समर्थक कार्यकर्ताहरु रुष्ट छ्न । जसका कारण प्रदेश समिती सदस्य ओलिको आफ्नै वडा राप्ती–३ मा वडा सभापति सहित सदस्य, क्षेत्रीय प्रतिनिधिहरुले सामूहिक राजीनामा दिएका छ्न । ओलीको नाम उपप्रमुखमा सिफारिस नहुनुमा क्षेत्रीय सभापती किरणभूषण सिंह ओलीको भूमिका गतिलो नभएको उनीहरुको आरोप छ । नातामा क्षेत्रीय सभापति किरणभूषण सिंह ओली रामेश्वरसिंह ओलीका दाजु पर्छन् । अन्य वडाहरुमा पनि नेतृत्वले सहि निर्णय गर्न नसकेको भन्दै काङ्ग्रेस कार्यकर्ताहरु रुष्ट छ्न । यता गठबन्धनको बिरोध गर्दै नगर प्रमुखमा काङ्ग्रेसकै कार्यकर्ता गुना राज गुरुङले बागी उम्मेद्बारी दिएका छ्न । जन्मजात काङ्ग्रेस भएकाहरुलाइ कार्यकर्ताको मनोभावना नपढी गठबन्धनको नाममा हसिया हथौड़ामा भोट हाल्न बाध्य पारिएको भन्दै उनले बागी उम्मेद्बारी दिएका छ्न ।



