चितवनमा
चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अगाडि हुनुहुन्छ । उहाँले ६ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गर्नुभएको छ ।
यस्तै,नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ । ९ हजार पाँच सय ८० मत गणना हुँदा उहाँले ३ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २ हजार ७ सय ९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गर्नुभएको छ । उहाँले ३ हजार ६ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ३ हजार दुई सय ८२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ३ हजार दुई सय ७४ मत प्राप्त गर्नुभएको छ, भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ७ सय ६६ मत प्राप्त गर्नुभएको छ ।



