गलेश्वर, मंसिर ६
म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो ।हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरुले छानबिन र कारबाहीको माग गरेका छन् ।
सोमबार साँझखेखि थालिएको मतगणनामा आज बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नं वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस



