एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी

images
  • 154
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    एमाले अध्यक्ष ओली निकटतम प्रतिस्पर्धी भन्दा साढे ६ हजार मतले अगाडी
    images

    झापा 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ६ हजार भन्दा बढीको मत अग्रता बनाउनुभएको छ ।

     

    झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका अध्यक्ष ओलीले अहिलेसम्म १५ हजार ५१० मत प्राप्त गर्नुभएको छ ।

    यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend