६ मंसिर, काठमाडौं
काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अहिलेको निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिने बताएका छन् । यसबारे सबै राजनीतिक दल र नेताहरुले पुनर्विचार गर्नुपर्ने उनको मत छ ।
पत्रकारहरुलाई प्रतिक्रिया दिंदै श्रेष्ठले भने, ‘निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिनेवाला छ । सबै पार्टी र नेताहरुले राष्ट्रिय राजनीतिबारे रि–थिङ्क गर्नुपर्छ ।’
यो निर्वाचन आफूले जितेको नभई देशले जितेको हो भन्दै भारतबाट अतिक्रमित भूभाग फर्काउन पहल गर्ने बताए ।
उनले निर्वाचनमा पराजित भएकालाई निराश नभइ जनताको सेवामा अनवरत रुपमा अगाडि बढ्न आह्वान गरे ।



