हुम्लाका ३४ मतदान केन्द्रका मतपेटिका संकलन नहुँदा मतगणना ढिला

images
  • 156
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    हुम्लाका ३४ मतदान केन्द्रका मतपेटिका संकलन नहुँदा मतगणना ढिला
    images

    ६ मंसिर, हुम्ला

    हुम्ला जिल्लाका ३४ मतदान केन्द्रबाट मतपेटिका संकलन नहुँदा मतगणना सुरू हुन सकेको छैन ।

    प्रदेश सभा २ का २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट पुगे पनि  प्रदेश सभा १ का ३४ मतदान केन्द्रका मतपेटिका नपुगेपछि मतगणना सुरु नभएको हो ।

     
    नाम्खा गाउँपालिका-६ स्थित लिमीका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको थियो ।

    २२ मतदान केन्द्रका मतपेटिका गाडी र पैदलमार्गबाट सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

     

    प्रदेश २ का ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टर ल्याउने पहल भइरहेको निमित्त निर्वाचन अधिकारी रानाले बताए ।

    दिउँसो दुई बजेबाट मतपेटिका ओसार्न भनिए पनि अहिलेसम्म केही टुंगो देखिएको छैन । ३४ वटा मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्क्याइएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend