काठमाडौँ, मंसिर ६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको छ । केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी हुनुभएको हो । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार नौ सय २९ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो । कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो । सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेका छन् । रासस



