इलाम-२ मा सुवास नेम्बाङलाई कांग्रेसका डम्बर खड्काले फेरि पछि पारे

images
  • 104
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    इलाम-२ मा सुवास नेम्बाङलाई कांग्रेसका डम्बर खड्काले फेरि पछि पारे
    images

    काठमाडौं

    इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा एमालेका सुवास नेम्बाङलाई फेरि पछाडि पारेका छन् ।

    उक्त क्षेत्रमा नेम्बाङ र खड्काबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार खड्काले ३ हजार ७५६ मत ल्याउँदै फेरि अग्रता बनाएका छन् । यसअघि नेम्बाङ अगाडि थिए । उनले ३ हजार ४५५ मत पाएका छन् ।

    राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वाले ७९१ मत पाएका छन् ।

    इलाम-२ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुवास नेम्बाङ विजयी भएका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend