काठमाडौं,
काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जितेको खण्डमा काठमाडौंलाई सुविधासम्पन्न, सुशासनयुक्त र सुरक्षित बनाउने दावी गरेकी छन् । २४ सै घण्टा आवागमन गर्न सकिने गरी शहरभित्र सुरक्षा व्यवस्था मिलाउने उनले आश्वासन दिइन् ।
कांग्रेसनिकट नेपाल तरुण दलले आयोजना गरेको चुनावी प्रचार कार्यक्रममा बोल्दै सिंहले काठमाडौंमा पानी पिउन र दिसापिसाब गर्न पनि पैसा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताइन् ।



