रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले लिए अग्रता

images
  • 153
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले लिए अग्रता
    images

    ६ मंसिर, बुटवल

    रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता कायम गरेका छन् ।

    मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उनले पछि पारेका छन् । १५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् भने रास्वपाका पौडेलले ५ हजार १३६ मत पाएका छन् ।

    सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा ३ हजार ९६० मत पाउँदै तेस्रो स्थानमा छन् ।

    १ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८० हजार मत खसेको थियो । यो क्षेत्रमा विष्णु पौडेलले यसअघि लगातार तीनवटा निर्वाचन जितेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend