प्युठानमा सूर्य थापा २८ सय ४९ मतले अगाडि

images
  • 153
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    प्युठानमा सूर्य थापा २८ सय ४९ मतले अगाडि
    images

    प्युठान 

    प्युठानकाे प्रतिनिधि सभाकाे मतगणना चलिरहँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।  

     

    पछिल्लाे  मत परिणामअनुसार एमालेका उम्मेदवार सूर्य थापाले १० हजार ३१ मत ल्याएर अग्रता लिइ रहनुभकाे छ ।  

    थापालाई सत्ता गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाकी उम्मेदवार दुर्गा पाैडेलले ७ हजार १ सय ८२ मतसहित पछ्याइ रहनुभएकाे छ । थापा र पाैडेलबीचकाे मतकाे अन्तर २ हजार ८ सय ४९ रहेकाे छ । 

    नौबहिनि गाउँपालिका र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म एमालेले अग्रता कायमै राखेकाे हाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend