बछौलीमा एमालेको पार्टी कार्यालय उद्घाटन

images
  • 439
    SHARES
  • बैशाख १८, २०७९ आइतबार
    बछौलीमा एमालेको पार्टी कार्यालय उद्घाटन
    images
    रत्ननगर 
     
    चितवन रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी पार्टी कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो ।
    hhhhh.jpg
     
    नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले एक भब्य समारोहका बीच उद्घाटन गरेका हुन । सो अबसरमा उपाध्यक्ष पाण्डेले पाँच दलीय गठबन्धन धर्मराएको बताए । एमालेको शक्ति अझै बलियो रहेको भन्दै उनले पाँच दलको गठबन्धनले एमालेको विजययात्रालाई रोक्न नसक्ने बताए । विकास गर्ने एक मात्र पार्टी एमाले हो उनले भने यो कुरा जनतालाई बुझाउन सकियो भने मात्र एमालेले निर्वाचन जित्ने छ ।
    eeee.jpg
     
     
    केन्द्रीय सदस्य कपिल पोखरेलले पाँच दलीय गठबन्धनले एमालेलाई हराउन नसक्ने दावी गरे । प्रबासी नेपाली संघ भारतका केन्द्रीय सदस्य दुर्गादत्त पौडेलले संकटमा परेका प्रवासी नेपालीहरुको संरक्षण गर्ने एकमात्र पार्टी एमाले रहेको भन्दै यसले मात्र जनताको हित गर्ने बताए । कार्यक्रममा सो पार्टीबाट वडाध्यक्षका उम्मेदवार लोकराज भूषाल,खुल्ला सदस्यका उम्मेदवार विष्णु थापा,अनिता भूषाल,महिला सदस्य बुधनी चौधरी,दलीत महिला सदस्य गीता परियार सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण खत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यालय उद्घाटनसंगै उम्मेदवार सहित घरदैलो पनि सुरु गरिएको छ ।
     
     
     
     
     
     
     
     
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend