राप्रपा देवघाट गाउँपालिकामा घरदैलो कार्यक्रम

images
  • 602
    SHARES
  • बैशाख १८, २०७९ आइतबार
    राप्रपा देवघाट गाउँपालिकामा घरदैलो कार्यक्रम
    images
    देवघाट तनहुँ: 
    देवघाट गाउँपालिका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद आचार्य,उपाध्यक्ष पदका उम्मेदवार गंगामायाँ गुरुङ र ५ वडा सदस्य चन्द्र बहादुर साही सहित घरदैलो कार्यक्रम गरेका छन्।
    ee.jpg
     
    आज बिहान करिब ८ बजे देवघाट ५ टाउन चोक बाट सुरु भएको घरदैलो कार्यक्रम देवपुर पुगेर टुंगेको र आजै दिउँसो २ बजे बाट पुरानो झोलुङ्गे पुल बाट सुरु भइ क्षेत्री टोल सम्म पुग्ने लक्ष्य रहेको उपाध्यक्षका उम्मेदवार गुरुङले जानकारी दिनुभयो।
     
    ww.jpg
     
    अध्यक्ष उम्मेदवार आचार्य र उपाध्यक्ष का उम्मेदवार गुरुङ र ५ नम्बर वडा सदस्य साही सहित घरदैलो कार्यक्रम सहभागी रहेको थियो । उम्मेदवारहरुले वडा भित्रका मतदाताहरुलाई घर-घरमै पुगि मतदाताको समस्या बुझ्ने, राय सुझाव लिदै मत मागेका थिए । सो कार्यक्रममा राप्रपा अन्य कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो ।
     
     
     
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend