सुवास नेम्वाङ र झलनाथ खनालको निर्वाचन क्षेत्रमा भयो विवाद, मतगणना स्थगित

images
  • 90
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    सुवास नेम्वाङ र झलनाथ खनालको निर्वाचन क्षेत्रमा भयो विवाद, मतगणना स्थगित
    images

    इलाम 

    सुवास नेम्वाङको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना स्थगित भएको छ ।

     

    गणना भइसकेको मत शील नगरी बोरामा हालेको भन्ने विषयमा विवाद भएपछि मतगणना स्थगित भएको हो । मतगणना स्थगित हुनुभन्दा अघिसम्म एमाले उम्मेदवार नेम्वाङको अग्रता छ । उहाँले १० हजार ४ सय ४० मत पाउनुभएको छ भने कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ९ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको छ । 

    यस्तै एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर १ मा मंगलबार रातीदेखि नै मतगणना स्थगित भएको छ ।

    प्रतिनिधिलाई नसोधी मतपेटिका खोलेको भन्दै विवाद भएपछि स्थगित भएको मतगणना बुधबार बेलुकीसम्म पनि सुरु हुन सकेको छैन । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend