ओखलढुङ्गा
ओखलढुङ्गामा भारी मतसहित कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।
खतिवडाले एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई झण्डै ७ हजार मतान्तरले पराजित गर्नुभएको हो । खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुनुभयो भने खतिवडाका प्रतिद्वन्द्वी एमाले उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाउनुभयो । उहाँहरूबीच ६ हजार ८१८ को मतान्तर छ ।
२०७४ सालमा वाम गठबन्धन हुँदा सुनुवारले ५ हजार २५३ मतले खतिवडालाई पराजित गर्नुभएको थियो । त्यसबेला सुनुवारलाई साथ दिएको माओवादी र एमालेबाट फुटेर गठन भएको एकीकृत समाजवादी समेतको गठबन्धनले साथ दिएपछि खतिवडाको जित सहज बनेको हो ।
पालिकाको वडा अध्यक्षको मत जोड्दा १० हजार बढी गठबन्धनको भोट देखिएकाले खतिवडाले जित्ने पूर्व आकलन थियो । गठबन्धनको झण्डै ३ हजार मत सुनुवारले ताने पनि जित निकाल्न सफल हुनुभएन ।
निर्वाचित भएपछि खतिवडालाई बधाई दिँदै सुनुवारले आफूले जितेर जिल्लावासीको शिर निहुरिने कुनै काम नगरेको भन्दै खतिवडाको जित राष्ट्रिय स्वाभिमान विरुद्ध प्रयोग नहोस् भनेर शु



