७ मंसिर, बारा
बाराको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित भएका छन् ।
चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् ।
एमालेका चौधरीले १३ हजार ६०९ मत पाए भने उनका प्रतिद्वन्दी श्रेष्ठले ९ हजार ९८९ मत मात्र पाए ।



