झापा-१ बाट विश्वप्रकाश शर्मा निर्वाचित

images
  • 92
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    झापा-१ बाट विश्वप्रकाश शर्मा निर्वाचित
    images

    ७ मंसिर, काठमाडौं

    झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

    बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।

    शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend