लमजुङ
लमजुङकाे प्रतिनिधि सदस्यकाे मतगणना चलिरहँदा नेकपा एमालेले १ हजारभन्दा धेरै मतले अग्रता लिएकाे छ ।
पछिल्लाे मत परिणामअनुसार एमालेका पृथ्वीसुब्बा गुरुङले २४ हजार ९९ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँका प्रतिस्पर्धि नेकपा माओवादीका देवप्रसाद गुरुङले २३ हजार ६३ मतसहित पछ्याइ रहनुभएकाे छ । उहाँहरूबीच १ हजार ३६ मतकाे अन्तर छ ।



