रोल्पामा कांग्रेस प्रदेश सभापति पराजित, माओवादीका बागी पुन विजयी

images
  • 87
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    रोल्पामा कांग्रेस प्रदेश सभापति पराजित, माओवादीका बागी पुन विजयी
    images

    ७ मंसिर, रोल्पा

    रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे ।

    नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे ।

    माओवादी सशस्त्र द्वन्द्वमा सुरुदेखि नै आवद्ध भएका दीपेन्द्र घाइते समेत हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेशसभा १ नेपाली कांग्रेसलाई दिएपछि उनले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend