बर्दिया १ (क)मा कांग्रेसका भवनेश्रर थारु विजयी

images
  • 79
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    बर्दिया १ (क)मा कांग्रेसका भवनेश्रर थारु विजयी
    images

    बर्दिया 

    बर्दिया क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार भुवनेश्रर थारु विजयी हुनुभएको छ ।

     
    थारु १६ हजार ४ सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार सालिकराम अधिकारीले १६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको छ ।

    नेपाली कांग्रेसका उम्मेदवार थारु ९१ मतको अन्तरले विजयी हुन सफल हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ८१ हजार ९ सय १९ मतदाता रहेकोमा ५० हजार आठ सय ६५ मत खसेको थियो भने २  हजार २ सय मत बदर भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend