मोरङ ४को प्रदेश सभामा चौधरी विजयी, गुरुराज घिमिरे पराजित

images
  • 101
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    मोरङ ४को प्रदेश सभामा चौधरी विजयी, गुरुराज घिमिरे पराजित
    images

    ७ मंसिर, विराटनगर

    मोरङ क्षेत्र नम्बर ४ को ‘क’मा नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।

    नेपाली कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।

    चौधरी ४०१ मतले विजयी भएका हुन् । चौधरीले १५ हजार ४५९ मत पाएका छन् ।

    घिमिरेले १५०५८ मत पाए । जितको औपचारिक घोषणा भएको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend