ललितपुर ३ मा तोसिमा कार्की निर्वाचित, पम्फा भुसाल तेस्रो

images
  • 74
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    ललितपुर ३ मा तोसिमा कार्की निर्वाचित, पम्फा भुसाल तेस्रो
    images

    काठमाडौं, मंसिर ८

    राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

     
    बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend