रुपन्देहीबाट प्रदेशसभामा लोसपाका सन्तोष पाण्डे निर्वाचित

images
  • 94
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    रुपन्देहीबाट प्रदेशसभामा लोसपाका सन्तोष पाण्डे निर्वाचित
    images

    ८ मंसिर, बुटवल

    रुपन्देही क्षेत्र नं.३ (१) बाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे निर्वाचित भएका छन् ।

    पाण्डेले जनता समाजवादी पार्टीका महेन्द्र यादवलाई ४ हजार १३० मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

    पाण्डेले १४ हजार ९ सय २८ मत पाएर निर्वाचित हुंदा यादवले १० हजार ७ सय ९८ मत पाएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए ।

    लौरो चुनाव चिन्ह भएका हाम्रो नेपाली पार्टीका गोपाल भण्डारीले ५ हजार ४ सय ६२ मतसहित तेश्रो स्थानमा रहे भने राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम बहादुर गुरुङ्गले ३ हजार ६ सय ७४ मत पाए।

    प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डे २०७४ को चुनावमा यही क्षेत्रमा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend