दैलेख–१ प्रदेशसभा (१) मा कांग्रेसका बिसी विजयी

images
  • 91
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    दैलेख–१ प्रदेशसभा (१) मा कांग्रेसका बिसी विजयी
    images

    दैलेख, मंसिर ८

    दैलेख निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का प्रेमबहादुर थापालाई एक हजार ७६ मततान्तरले हराउनुभएको हो ।

     
    जम्मा खसेको २३ हजार तीन सय ४३ गणना गर्दा बिसीले १० हजार पाँच सय ४४ मत पाउनुभयो भने एमालेका थापाले नौ हजार चार सय ६८ मत प्राप्त गर्नुभयो । निर्वाचित बिसी पूर्व कांग्रेस सभापतिसमेत हुनुहुन्छ ।
    यस्तै राप्रपाका रणबहादुर सिंहले एक हजार सात सय चार, नेमकिपाका लक्ष्मीकुमारी सिंहले दुई सय एक, स्वतन्त्र पार्टीका टेकबहादुर खाणले चार सय १७ मत पाउनुभएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । रासस
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend