देवघाट तनहुँ
देवघाट गाउँपालिका ४ वडा मा नेकपा माओवादी केन्द्रको वडा अध्यक्ष पदका उम्मेदवार होम बहादुर गुरुङ,वडा सदस्य उम्मेदवारहरु सोम बहादुर भुजेल र सन बहादुर गुरुङ(भरत) सहित अन्य कार्यकर्ताहरुले घरदैलो कार्यक्रम गरेका छन्।

आज बिहान करिब ८ बजे बाट देवघाट ४ नम्बर वडा सारबाङ्गबाट सुरु भएको घरदैलो कार्यक्रम दोडे,बासपानी,बसेनी,काफलडाडाँ पुगेर टुंगेको र भोलि बिहाना ८ बजे बाट काफलश्वरा हुँदै रातपानी,सालडाडा,वेलडाडाँ हुँदै गाईघाट सम्म घरदैलोको कार्यक्रम रहेको देवघाट गाउँपालिका वाईसीएलका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिनुभयो।

घरदैलो कार्यक्रममा माओवादी केन्द्र ४ नम्बर इन्चार्ज कविराज गुरुङ लगाएत अन्य कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो । साथै उम्मेदवारहरुले वडा भित्रका मतदाताहरुको घर-घरमै पुगि मतदाताको समस्या बुझ्ने, राय सुझाव लिदै मत मागेका थिए।




