पाँचथरमा प्रदेश सभातर्फ दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

images
  • 72
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    पाँचथरमा  प्रदेश सभातर्फ दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी
    images

    पाँचथर 

    प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा दुई वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन विजयी भएकाे छ । 

     

    प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको हो । उहाँले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्नुभयो । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका अइन्द्र सुन्दर नेम्बाङले १२ हजार ६०५ मत ल्याउनुभयो ।

    यस्तै, जिल्लाको प्रदेश सभा (क) बाट पनि सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका राजकुमार भण्डारीलाई पराजित गर्नुभएको हो । 

    जबेगुले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका राजकुमार भण्डारीले १६ हजार २ सय ४ मत ल्याउनुभयो । जबेगुले भण्डारीलाई ६ सय ३३ मतले पराजित गर्नुभएको हो । प्रदेश सभातर्फ २ र प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको  जिल्लामा अहिले प्रतिनिधि सभाको मत गणना भइरहेकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend