तनहुँ
तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ ले ४ हजार २१८ बढी | मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बिहिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १५ हजार ३६३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रामबहादुर गुरुङले ११ हजार १४५ मत प्राप्त गरेका छन् । लायन्स ३२५ वि १ का पूर्व गर्भनर रहेका श्रेष्ठ नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।



