सप्तरीबाट प्रदेशसभामा राजकुमार लेखी निर्वाचित

images
  • 109
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    सप्तरीबाट प्रदेशसभामा राजकुमार लेखी निर्वाचित
    images

    ८ मंसिर, सप्तरी

    सप्तरी क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका उम्‍मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् ।

    सीके राउत नेतृत्वको जनमत पार्टीका शिन नन्दन महतो दोस्रो र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बेचनप्रसाद चौधरी थारू तेस्रो भएका छन् ।

    लेखीले निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिननन्दन महतोलाई ५ हजार १९८ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् ।

    लेखीले १४ हजार २९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जनमतका महतोले ९ हजार ९०९३ मत मात्र ल्याए ।

    यस्तै माओवादी केन्द्रका थारूले ७ हजार ५४२ मत, स्वतन्त्रका शम्भुबहादुर खड्काले २ हजार६६५ मत, स्वतन्त्रका हेमराज तातेडले १ हजार १४३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश परियारले १ हजार ८० र लोकतान्त्रिक समाजवादी पार्टीका तुलसी प्रसाद चौधरीले ५६० मत ल्‍याए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend