अर्घाखाँची
अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी हुनुभएको छ । उहाँ ४२ हजार ६ सय ७५ मतसहित विजयी हुनुभएको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।
एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ ।
प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसाद घिमिरे विजयी हुनु भएको हो ।
चेतनारायण आचार्य २० हजार ५ सय १८ मतका साथ विजयी हुनुभयो भने घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी हुनु भएको हो ।
निर्वाचित तीनै जना सांसदहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन भएको घोषणा गर्नुका साथै विजय भएको प्रमाणपत्र समेत प्रदान गर्नुभएको छ ।
रायमाझी २०६४ सालमा २०७० सालमा २०७४ सालमा र २०७९ सालमा गरी ४ पटक विजयी हुनुभएको छ ।
अहिले रायमाझी नेकपा एमाले केन्द्रीय सचिव हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री र पटक–पटक मन्त्रीसमेत भइसक्नुभएको छ ।



