बाँके
बाँकेको क्षेत्र नम्बर १ मा नेकपा (एमाले) बाँकेका सूर्य ढकाल विजयी हुनुभएको छ । उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो ।
लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गहतराजले १९ हजार छ सय ३२ मत पाउनुभएको छ ।
याे निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गर्नुभएको छ । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नम्बर निर्वाचन क्षेत्रमा १ लाख २१ हजार एक सय मतदाता छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । प्रदेशसभातर्फको मतगणना भने जारी छ ।



