बाँके–१ बाट प्रतिनिधिसभामा एमालेका सूर्यप्रसाद ढकाल विजयी

images
  • 97
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    बाँके–१ बाट प्रतिनिधिसभामा एमालेका सूर्यप्रसाद ढकाल विजयी
    images

    काठमाडौं

    बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता गहतराज महेश्वरजंग गहतराजलाई फराकिलो मतान्तरले हराउँदै ढकाल विजयी भएका हुन् ।

     

    वर्तमान युवा तथा खेलकुद मन्त्रीसमेत रहेका गहतराज ५३९४ मतान्तरले पराजित भएका छन् । विजयी ढकालले २५ हजार २६ मत ल्याउँदा गहतराजले १९ हजार ६३२ मत ल्याए ।

     

    ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचन जितेका गहतराजले यसपटक चुनाव हारेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend