बर्दियाबाट प्रदेशसभामा नागरिक उन्मुक्तिका राजकुमार चौधरी निर्वाचित

images
  • 89
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    बर्दियाबाट प्रदेशसभामा नागरिक उन्मुक्तिका राजकुमार चौधरी निर्वाचित
    images

    ९ मंसिर, बर्दिया 

    बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित भएका छन् ।

    उनले नेकपा एमालेका भक्तबहादुर बिकलाई १ हजार ४७ मतान्तरले पराजित गरेका हुन् ।

     
    चौधरीले १३ हजार २३० मत ल्याउँदा बिकले १२ हजार १८३ मत ल्याए ।

    सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रकी अन्जु दहितले ११ हजार ४९० मत ल्याइन् । स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend