महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

images
  • 144
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
    images

    काठमाण्डाै

    महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाण्डौ उपत्यकालगायत देशैभरका विभिन्न ठाउँमा र्यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ ।  

     

    यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ। महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो।

    विश्वमा हरेक ११ मिनेटमा एक महिला वा युवतीको हत्या हुने गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हरेक ११  मिनेटमा कुनै न कुनै माध्यमबाट एक महिला वा युवतीको हत्या हुने गरेको बताउनु भएको हो । उहाँले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय कार्य योजना बनाउन आह्वान समेत गर्नु भएको छ।  

    अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसको अवसरमा उहाँले हिंसा अन्त्यका लागि राष्ट्रिय कार्य योजना बनाएर अघि बढ्न आग्रह गर्नु भएको हो । संयुक्त राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेसँगै विश्वभर आज यो दिवस मनाइँदै छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend