सुनसरी २ (क) मा एमालेका रेवती भण्डारी निर्वाचित

images
  • 158
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    सुनसरी २ (क) मा एमालेका रेवती भण्डारी निर्वाचित
    images

    सुनसरी 

    सुनसरीको क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा एमालेका रेवती भण्डारी विजयी हुनुभएकाे छ। उहाँ इँटहरी उपमहानगरपालिकाका पूर्व मेयर, माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गर्दै विजयी हुनुभएकाे हाे।

     

    भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुनुहुन्छ । भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४५ मत प्राप्त गर्नुभयाे । उहाँहरूबीचको मतान्तर २ हजार ६८३ रहेको छ ।

    यस्तै, राप्रपाका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत, कांग्रेसबाट असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र घिमिरेले ३ हजार २०८ मत प्राप्त गर्नु भयाे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend