धनुषा
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) बाट नेकपा एमालेका उम्मेदवार दिपेन्द्रकुमार ठाकुर निर्वाचित हुनुभएकाे छ । ठाकुर आफ्ना निकटतम् प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै निर्वाचित हुनुभएकाे हाे ।
ठाकुरले ८ हजार २२० मत पाउनु भएकाे हाे भने साहले ६ हजार ८१७ मत प्राप्त गर्नु भएकाे हाे।
यसैगरी जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेस–लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्याउनु भएकाे छ।
विजयी भएका ठाकुर चुनावका वेला नेकपा एमालेमा प्रवेश गर्नुभएकाे थियाे।



