रुपन्देहीमा राप्रपाका बोहराभन्दा गृह मन्त्री खाँड ४ सय ७३ मतले पछाडि

images
  • 143
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    रुपन्देहीमा राप्रपाका बोहराभन्दा गृह मन्त्री खाँड ४ सय ७३ मतले पछाडि
    images

    काठमाण्डौ

    रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ ।

     

    गृहमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँडलाई राप्रपाका दीपक बोहराले ४ सय ७३ मतले पछि पार्नुभएको छ ।

    निर्वाचन आयोगका अनुसार राप्रपाका बोहरा २७ हजार ६ सय ३१ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसका खाँडले २७ हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ । 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेलीले ४ हजार ८ सय ८६ मत प्राप्त गर्नुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले ३ हजार २ सय ६९ मत पाउनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend