कांग्रेसका नेता डा.भण्डारीको दोस्रो संसद यात्रा

images
  • 91
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    कांग्रेसका नेता डा.भण्डारीको दोस्रो संसद यात्रा
    images

    काठमाण्डौ 

    नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवि बनाउनुभएका नेता डा. चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । 

     

    कूल ६९ हजार ६ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गर्नुभयो । 

    पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मनुभएका उहाँले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारी सङ्घकै महामन्त्री हुनुभएको थियो । 

    त्रिभुवन विश्वविद्यालयबाट उहाँले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गर्नुभएको हो । 

    राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्ष भन्दाबढी जेल जीवन बिताउनुभएको छ । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएका नेता भण्डारी पार्टीको १४ औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुनुहुन्थ्यो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend