गठबन्धन पश्चात : देवघाटमा कांग्रेस र माओवादीको घरदैलो

images
  • 490
    SHARES
  • बैशाख १९, २०७९ सोमबार
    गठबन्धन पश्चात : देवघाटमा कांग्रेस र माओवादीको घरदैलो
    images
    करिस्मा गुरुङ देवघाट तनहुँ : बैशाख १९
    देवघाट/ गठबन्धन पश्चात् तनहुँको देवघाटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र घरदैलो कार्यक्रममा व्यस्त छन्। हिजो आइतबारबाट सुरू भएको घरदैलो कार्यक्रम साँढेबगरबाट सुरू हुदैँ क्वादी, बगन्दी हुदैँ साउनेमा सम्म घरदैलो कार्यक्रम गरेको थियो भने आज देवपुर नयाँवस्ती वरपर घरदैलो कार्यक्रम गरिएको वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदवार पुर्ण बहादुर कुवंरले जानकारी दिनुभयो ।
    kkkk.jpg
     
    सो घरदैलो कार्यक्रममा वडा सदस्य उम्मेदवार दिलमायाँ सापकोटा , बुद्धिबहादुर पाण्डे, यमबहादुर थापा, दलित महिला सदस्य मनमायाँ नेपाली लगाएतको सहभागीता रहेको थियो भने उम्मेदवारहरुले वडा भित्रका मतदाताहरुको घर-घरमै पुगि मतदाताको समस्या बुझ्ने, राय सुझाव लिदै मत मागेका थियो।
     
     
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend