माओवादी केन्द्रका सचिव एमालेमा प्रवेश

images
  • 186
    SHARES
  • बैशाख २०, २०७९ मंगलबार
    माओवादी केन्द्रका सचिव एमालेमा प्रवेश
    images

    रत्ननगर,

    नेकपा माओवादी केन्द्र रत्ननगर वडा नं ११ का वडा कमिटी सचिव इश्वरी प्रसाद चौलागाई एमालेमा प्रवेश गरेका हुन । विगत १५ बर्ष देखि माओवादी केन्द्रमा रहेर सक्रिय राजनीति गरेका चौलागाई स्थानीय तहको निर्वाचनको मुखैमा एमालेमा प्रवेश गरेका हुन ।

    एमालेको रत्ननगर नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे,नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल,जिल्ला कमिटी सदस्य तथा जिल्ला स्कुल विभाग प्रमुख गोपी नेपाल,रत्ननगर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टंक दुवाडीले चौलागाईलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

    सो अबसरमा चौलागाईले माओवादी केन्द्रमा चरम विचलन आएको भन्दै सो पार्टीमा आफ्नो भविश्य नदेखेर जनताको प्रिय पार्टी एमालेमा प्रवेश गरेको बताए । १५ बर्ष अघि म एमालेमै थिए उनले भने पछि रोजेको माओवादीले देश र जनताको हितमा काम गर्ने नदेखेर पुरानै पार्टीमा फर्केको हु ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend