वडाध्यक्ष द्धारा प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

images
  • 123
    SHARES
  • मंसिर ११, २०७९ आइतबार
    वडाध्यक्ष द्धारा प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड
    images

    धनगढी मंसिर ११

    कैलाली नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।

     
    शनिबार राति कैलालीको घोडाघोडी नगरपालिकामा मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनिहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।
    मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।

    घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend