काठमाडौं, मंसिर ११
मकवानपुरमा चुनाव हारेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको उल्लेख गरेका छन् । आज बिहानै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर बनेको भन्दै दुख व्यक्त गरेका छन् ।
उनी लेख्छन्, ‘मैले हेटौंडालाई राजधानी त बनाएँ। तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’




